Login / Sign Up My booking
Rescue Team Deployed Inside Trishuli 3A Hydropower Tunnel; Indian Rescue Team Also Arrives in Trishuli
INFO General update FEATURED

Rescue Team Deployed Inside Trishuli 3A Hydropower Tunnel; Indian Rescue Team Also Arrives in Trishuli

त्रिशूली ३ 'ए' हाइड्रोको टनेलभित्र उद्धारका लागि टोली परिचालन, भारतीय टोली पनि पुग्यो त्रिशूली

रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धारका लागि टोली परिचालन भएको छ। विगत दुई दिनदेखि प्रयास जारी राखेको र आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्री कार्यालयले जनाएको हो।

सुरक्षाकर्मीले लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएका छन्। ​सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ।

यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

 
 
WhatsApp Facebook

← All updates